८ मंसिर २०८१, शनिबार

सिक्लेस हाइड्रोको आइपीओ भदौ २९ गतेदेखि निष्काशन हुँदै

प्रकाशित मिति :  6 September, 2022 1:07 pm


काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि साधारण सेयर बिक्री खुला गरेको छ ।

कम्पनीले यहि भदौ २९ गतेदेखि साढे ११ कित्ता सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको हो।

उक्त सेयरमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
छिटोमा असोज २ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद असोज १२ गते सम्म आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ।
केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !