नाडा इभी एक्सपोमा नाडाले महानगरिय ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गर्ने
काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन र महानगरिय ट्राफिक प्रहरी महाशाखा बिच विभिन्र विषयमहरुमा छलफल भएको छ । नाडाका अध्यक्ष ध्रुव थापा र अन्य पदधिकारीहरुले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिरा चौधरीसँग विभिन्न विषयहरुमा छलफल गरेको छन् ।
उक्त भेटघाटमा अध्यक्ष थापाले नाडाले २०७९ अशोज ६ गते देखि ९ गतेसम्म भृकुटीमण्डपमा हुने नाडा इभी एक्सपो २०२२ मा राजधानीमा ट्राफिक जनचेतना विस्तार गर्ने उद्देश्य परिपूर्तिका लागि आवश्यक सामाग्रीहरु सहितको स्टल राख्ने व्यवस्थाका लागि अनुरोध गरेका थिए ।
त्यस्तै नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले चार दिनसम्म चल्ने सो प्रदर्शनीका लागि आवश्यक ट्राफिक व्यवस्थापन गर्न अनुरोध गरेका थिए । यसै क्रममा महासचिव उप्रेतिले नाडा र महानगरिय ट्राफिक प्रहरी महाशाखाविच एक दशकभन्दा अघि देखि नै विभिन्न विषयहरुमा सहकार्य हुदैँ आएको भन्दै आउँदा दिनहरुमा पनि महाशाखासँग विभिन्न विषयहरुमा सहकार्य गरेर बढने नाडाको प्रतिबद्धता रहेको बताए ।
महाशाखा प्रमुख चौधरीले पनि महाशाखाले नाडासँग सहकार्य गरेर अघि बढ्ने र उक्त सम्बन्धलाई थप विस्तार गर्दै लैजाने बताएकी थिइन् ।