८ मंसिर २०८१, शनिबार

नेप्से २१ अंकले घट्दा १ अर्ब १९ करोडको कारोबार

प्रकाशित मिति :  6 September, 2022 3:46 pm


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक २१ अंकले घट्दा १ अर्ब १९ करोडको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २१.२२ अंकले घटेर १९५१.७९ अंकमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ३.८९ अंकले घटेर ३७९.०५ अंकमा झरेको छ ।

नेप्सेमा आज कारोबार भएका १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड र होटल्स उपसमुह बाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड १४ लाख १८ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

नेप्सेमा आजको दिन उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.६८ प्रतिशतले बढेको छ ।

त्यस्तै आज सानिमा माइ हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.३२ प्रतिशतले घटेको छ ।

कूल २२७ वटा कम्पनीको ३२ लाख ९ हजार ९ सय ८३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १९ करोड ७ लाख ६५ हजार ६ सय १३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !