८ मंसिर २०८१, शनिबार

संसदको कार्यकाल थप्ने प्रस्तावबाट पछि हट्यो सरकार

प्रकाशित मिति :  6 September, 2022 5:59 pm


काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले संसदको कार्यकाल बढाउने प्रस्तावबाट पछि हटेको छ । आज बसेको संसदको दोस्रो बैठकले नयाँ निर्वाचित संसदको बैठक नबस्दा सम्म प्रतिनिधिसभाको कार्यकाल कायम राख्ने प्रस्तावबाट सरकार पछि हटेको हो ।

बैठकमा कानुनमन्त्री गोविन्द बन्दीले केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयकमा रहेको दफा १३, १४ र १५ लाई हटाउने संसोधन स्वीकार गरेका हुन् । योसँगै केही नेपाल एन संसोधन गर्न बनेको विधेयक २०७९ बहुमतले पारित भएको हो ।

बैठकमा ११ जना सांसदले विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका थिए । जसमा ६ जना सांसदको संशोधन प्रस्तावबारे कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्माले जवाफ दिने क्रममा सम्बोधन गरेको भन्दै उनीहरुले विधेयकका केही बुँदामा राखेको संशोधन प्रस्ताव फिर्ता लिएका छन् । सांसद शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा, प्रकाश रसाइली, अतहरकुमाल मुसलमान र रामकुमारी चौधरी र बिन्दा पाण्डे संशोधन प्रस्ताव फिर्ता लिएका हुन् ।

चुनाव घोषणा भइसकेको अवस्थामा यो विधेयक ल्याएपछि सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउन खोजेको भन्दै चर्को आलोचना भयो । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले विधेयक फिर्ता लिन निर्देशन दिए ।

संसदको कार्यदल थप्ने सरकारको प्रस्तावको नेकपा एमालेले नेताहरुले विरोध गर्दै आएका थिए भने निर्वाचन आयोगले पनि सार्वजनिक रुपमै असन्तुष्टि जनाएको थियो ।



प्रतिक्रिया दिनुहोस !