२३ असार २०८१, शनिबार

सरकारले लकडाउनको समय चैत २५ गतेसम्म बढायो, राहत प्याकेजको घोषणा

प्रकाशित मिति :  29 March, 2020 9:28 pm


काठमाण्डौं, १६ चैत ।

सरकारले लकडाउनको समय बढाएको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले चैत २५ गते राति १२ गतेसम्म जारी लकडाउन लब्याउने निर्णय गरेको हो । सरकारले सिमानाका बन्दी बन्द यथावत रहने निर्णय गरेको छ ।

कोरोना भाइरसका संक्रमित व्यक्ति भेटिन थालेपछि आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि बढाएको छ । बैठकले कोरोना नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउन एउटा कार्यदल बनाएको छ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्रीको संयोजकत्वमा कोरोना क्राईसिस म्यानेजम्यान्ट टिम(सिएसी) गठन गर्ने निर्णय गरेको छ । उक्त टिमले अहिलेसम्म बनेका सबै सरकारी संयन्त्रले गरेका निर्णयको कार्यान्वयन र समन्वय गर्ने छ । कार्यदलमा गृहमन्त्री, स्वास्थ्मन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री र सामान्य प्रशासनमन्त्री तथा सुरक्षा निकायका प्रमुख सदस्य रहने छन् ।

सरकारले कोरोनाको संक्रमणबाट अर्थतन्त्रमा देखा परेका समस्या समाधानका लागि राहत प्याकेजको समेत घोषणा गरेको छ ।

असंगठित क्षेत्रमा कार्यरत ज्यालादारी अति विपन्न परिवारको लागत संकलन गरेर प्रदेश र स्थानीय तहले लकडाउन अवधिभर राहत प्याकेज बाड्ने छन् । राहतका लागि स्थानीय निकाय र प्रदेश सरकारले कोष स्थापना गर्नेछन् साथै रकम पुग नभए केन्द्र सरकारले उपलब्ध गराउने छ । थप निर्णयहरु जानकारी लिन यहाँ क्लिक गर्नुहोस्:



प्रतिक्रिया दिनुहोस !