सन्दिप लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी, निलम्बनबारे छलफल गर्दै क्यान
ठमाडौं । नेपाली राष्टिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध नाबालिगलाई जबरजस्ती करणीको कसुरमा उजुरी परेको छ ।
लामिछानेले १७ वर्षकी नाबालिगले बलत्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा किटानी जाहेरी परेको प्रहरीले जनाएको छ ।
यहि भदौ ५ गते लामिछानेले बालिकालाई नगरकोट घुम्न लगेर राति काठमाडौंको एक होटलमा बलत्कार गरेको आरोप लागेको छ ।
जाहेरीमा १७ वर्षीया नाबालिकाले स्याङ्जा आरुचौर गाउँपालिका स्थायी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका बस्ने लामिछानेले गत भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरुमा लगेर काठमाडौँ ल्याइ रातको अन्दाजी ११ः५५ बजे काठमाडौँ महानगरपालिका–९ स्थित एक होटलको कोठा नं. ३०५ मा लगेको उल्लेख छ ।
भदौ ६ गते राति अन्दाजी १२ः२५ बजे पटक–पटक जबर्जस्ती करणी गरेको उजुरीमा भनिएको छ । प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर विस्तृत स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार लामिछानेविरुद्ध परेको जबरजस्ती करणी सम्बन्धी जाहेरी माथि अनुशन्धान सुरु भएको छ ।
त्यस्तै बलत्कार जस्तो गम्भिर मुद्दा परेकोले कप्तान लामिछानेलाई टिममा राखिराख्ने कि निलम्बन गर्ने भन्ने विषयमा नेपाल क्रिकेट संघ (क्यान) अनौपचारिक छलफलमा जुटेको छ ।