८ मंसिर २०८१, शनिबार

एनएमबि बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

प्रकाशित मिति :  7 September, 2022 2:00 pm


काठमाडौं । एनएमबि बैंकको ऋणपत्र आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। बैैंकको ‘एनएमबि ऊर्जा ऋणपत्र’ नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २७ लाख २७ हजार ४३७ इकाइ नेप्से सूचीकृत भएको छ।

उक्त ऋणपत्र सिद्धार्थ क्यापिटलमार्फत सर्वसाधारणलाई बिक्री गरिएको थियो। एनएमबि बैंकको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ४ प्रतिशत ब्याज पाउनेछन्।



प्रतिक्रिया दिनुहोस !