८ मंसिर २०८१, शनिबार

एकैपटक १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

प्रकाशित मिति :  7 September, 2022 2:37 pm


काठमाडौं । सरकारले एकैपटक १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ । काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा घनश्याम उपाध्याय आएका छन् । काठमाडौंका प्रजिअ गोविन्द रिजाल भने मन्त्रालयको कर्मचारी प्रशासन प्रमुखमा तानिएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारीमा टेकबहादुर केसी आएका छन् । कास्कीका प्रजिअ जयनारायण आचार्यलाई ललितपुर पठाइएको छ ।

सङ्खुवासभाका प्रजिअ नुरहरी खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका प्रजिअ जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभाको प्रजिअमा सरुवा गरिएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा सरुवा गरिएको छ भने पाँचथरका प्रजिअ सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथरको प्रजिअमा गणेश गैरेलाई पठाइएको छ ।

जुम्लाकी प्रजिअ विजयाकुमारी प्रसाईँ मन्त्रालय तानिएकी छन् भने जुम्लाको प्रजिअमा मुकेशकुमार केसरीको सरुवा भएको छ । दैलेखको प्रजिअमा गोगनबहादुर हमाललाई पठाइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !