८ मंसिर २०८१, शनिबार

नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम ८२ करोडमा झर्यो

प्रकाशित मिति :  7 September, 2022 4:05 pm


काठमाडौं । साताको कारोबारको चौथो दिन पनि सेयरबजारको ओरालो यात्रा कायमै रहेको छ । बुधबार नेप्से परिसूचक ११ अंकले घट्दा कारोबार रकम भने ८२ करोडमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.९७ अंकले घटेर १९३९.८८ अंकमा झरेको छ । यता सेन्सेटिभ परिसूचक पनि १.७० अंकले घटेर ३७७.३८ अंकमा झरेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै वटा उपसमूहको सेयर घटेको छ ।

बुधबार कारोबार रकमका आधारमा नेपाल टेलिकमले अग्रस्थानमा रहेको छ । टेलिकमको ५ करोड १५ लाख ६० हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज सनराइज फर्स्ट म्युचुअल फण्डका लागनीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । उक्त फण्डको मूल्य ७.७२ प्रतिशतले बढेको छ ।

यस दिन १० प्रतिशत प्राइम डिबेञ्चर, २०८८ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य ५.८८ प्रतिशतले घटेको छ ।

कूल २२४ वटा कम्पनीको २९ लाख ४३ हजार ७ सय ६९ कित्ता सेयर किनबेच हुँदा ८२ करोड ६२ लाख ३० हजार ५ सय ८३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !