८ मंसिर २०८१, शनिबार

अध्यक्ष प्रचण्ड र जनार्दन शर्माबीच मञ्चमै भनाभन

प्रकाशित मिति :  7 September, 2022 5:01 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल र जर्नादन शर्माबीच भनाभन भएको छ । बुधबार काठमाडौंमा अनेरास्ववियु क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा जर्नादन शर्मा र प्रचण्डबीच मञ्चमै भनाभन भएकाे छ ।

अध्यक्ष प्रचण्डले दिएको उपमहासचिव पद ठाडै अस्वीकार गरेपछि प्रचण्डले चेतावनी समेत दिएका छन् ।

जनार्दन शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभागक प्रमुखको हैसियतमा कार्यक्रममा उपस्थित भएको भनेपछि ‘प्रचण्डले भने तपाई मैले नै हुर्काएको व्यक्ति हो भन्ने नबिर्सिनुहोस्’।

कार्यक्रममा प्रचण्डलाई लक्षित गर्दै शर्माले नीति र नेतृत्व सही ढंगले चल्न नसकेकोमा असन्तुष्टि जनाएका थिए । ‘म नीति र नेतृत्वलाई सदैव रक्षा गर्ने मान्छे हुँ, सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायित्व हो । त्यो कुरामा म गम्भीर छु ।

बोल्ने क्रममा शर्मालाई जवाफ फर्काउँदै प्रचण्डले भने, ‘जनार्दनजीले जाँदा जाँदै भन्नुभयो नीति र नेतृत्वको रक्षाको कुरा । म तपाईंहरुलाई भन्न चाहान्छु –जनार्दनजी तपाईलाई हुर्काउने र रक्षा गर्ने व्यक्ति मै हुँ नबिर्सिनुहोस् ।’

अनेरास्ववियू क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स घोषणा’ कार्यक्रममा शर्माले आफूलाई उपमहासचिव बनाइएकोमा असन्तुष्टि पनि पोखेका थिए ।



प्रतिक्रिया दिनुहोस !