कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले गरे सामुहिक राजिनामाको घोषणा
प्रकाशित मिति : 7 September, 2022 6:22 pm
काठमाडौं । चिकित्सकको सुरक्षा ग्यारेन्टीको माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सामुहिक राजीनामाको घोषणा गरेका छन् । बुधबार उपकुलपतिलाई सामूहिक रुपमा पत्र लेख्दै चिकित्सकहरुले राजीनामा घोषणा गरेका हुन् ।
भाद्र २ गते डाक्टर करण साहमाथि प्रतिष्ठानका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेर घटनालाई अतिरञ्जित बनाइ डा।साहमाथि झुटा मुद्दा दायर गरेका थिए । डा. साहलाई पक्राउ पुजी जारी गरेपछि चिकित्सकहरु आक्रोशित बनेपछि तनावको अवस्था सिर्जना भएको प्रतिष्ठानका एक कर्मचारीले बताए ।
विवाद बढ्दै जाँदा चिकित्सकहरुले सामूहिक राजीनामा घोषणा गरेका हुन् । यसअघि मंगलबार चिकित्सकले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका थिए । उनीहरुले पक्राउ पुर्जी फिर्तासहित चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् ।