३ माघ २०८१, बिहिबार

नेपालको फर्निचर विश्वबजारमा निर्यात गर्न हातेमालो गर्छौ: मन्त्री श्रेष्ठ

प्रकाशित मिति :  8 September, 2022 6:15 pm


काठमाडौं । नेपालको फर्निचरलाई विश्वबजारमा निर्यात गर्नको लागि प्रदेश सरकारले हातेमालो गर्ने बागमती प्रदेश उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलन बाबु श्रेष्ठले बताए ।

आज (बिहीबार) बाट काठमाडौंको भृकुटीमण्डमा सुरु भएको आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा मन्त्री श्रेष्ठले देशमा स्थापना भएका फर्निचर उद्योगहरुलाई प्रथामिकता दिन सरकारले पनि त्यस्तै खालको निति तथा कार्यक्रम ल्याएको बताएका छन् ।

श्रेष्ठले भने, “मैले सबै स्टल घुम्दा चकित भए हाम्रो देशमा पनि विदेशी ब्रान्डका फर्निचरहरु उत्पादन हुने रहेछ । त्यसैले अबको ५ वर्षमा हामी सबै प्रकारका फनिर्चरमा आत्मनिर्भर बन्रे छौँ । त्यसैगरि बागमती प्रदेशले दश हजार युवाहरुलाई यस्तै कारपेट, फर्निचरका सामाग्रीहरु बनाउनको लागि सिप प्रदान गर्न बजेट छुटाएको छ ।’’

त्यस्तै नेपाल फर्निचर तथा फर्निसिङ व्यवासायी महासंघका अध्यक्ष सुजित श्रेष्ठका अनुसार नेपाल सरकारले कार्यलयहरुमा चाहिने फर्निचरका सामाग्रीहरु बिदेशी कम्पनीको भन्दा स्वदेशी कम्पनीको फर्निचरहरु प्रयोग गर्नुपर्ने छ । उनले भने, “नेपालमा जुनसुकै उद्योगहरु दर्ता गर्न निकै झन्झटिलो रहेको छ । त्यसैले सरकारले नेपालमा केही गर्छु भनेर उद्योग दर्ता गर्ने उद्यमीहरुका लागि उद्योग दर्ता प्रक्रियाहरु सहज बनाउन आवश्यक छ ।’’

‘किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षण रहको छ।

भदौ २३ गतेदेखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डमा आयोजना हुने एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी कक्ष रहेका छन् । ५ दिन चल्ने एक्स्पोमा १ लाख अवलोकनकर्ता आउने अपेक्षा रहेको छ । एक्स्पो अवलोकनकर्ताका लागि प्रवेश निस्शुल्क गरिएको छ ।

संघले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा वर्षेनी फर्निचर तथा फनिसिङ सामाग्रीहरुको बृहत् मेला ‘फर्नेक्स नेपाल’ को आयोजना गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !