४ आश्विन २०८१, शुक्रबार

 ‘वर्ल्ड कम्युनिकेसन अर्वाड २०२२’ को दुई विधामा नेपालबाट एनसेल सर्टलिस्टमा

प्रकाशित मिति :  9 September, 2022 1:17 pm


काठमाडाैं। ‘वर्ल्ड कम्युनिकेसन अर्वाड २०२२’ को दुई विधामा नेपालबाट एनसेल सर्टलिस्टमा परेकाे छ। एनसेल कस्टोमर एक्सपेरियन्स अर्वाड र द सोसियल कन्ट्रिब्युसन अर्वाड गरी दुई विधामा सर्टलिस्ट भएको हो ।

गत वर्ष पनि एनसेल आजियाटा लिमिटेडले ‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१’ अन्तर्गत ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार हात पार्न सफल भएको थियो ।

यो वर्षकाे अवार्डको विजेता घोषणा नोभेम्बर १ मा गरिनेछ । सर्टलिस्ट भएका कम्पनीहरु वर्ल्ड कम्युनिकेसन अर्वाड (डब्लुसीए) विज्ञ निर्णायक टोलिद्वारा छनौट गरिएका हुन् ।

अवार्डका लागि विश्वभरका मुलुकका टेलिकम्युनिकेसन कम्पनीहरूले सहभागिता जनाएका छन् । अर्वाड २१ विभिन्न विधाहरुमा प्रदान गरिने भएको छ ।

वर्ल्ड कम्युनिकेसन अर्वाड टेलिकम काङ्ग्रेसको एक कार्यक्रम हो । विगत २४ वर्ष देखि वर्ल्ड कम्युनिकेसन अर्वाडले इन्नोभेसन र टेलिकम सेवा प्रदायकहरूलाई पहिचान गरेर सम्मान गर्दै आएको छ ।

एनसेलले सन् २००६ यता विभिन्न विधामा २७ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड तथा प्राप्त गरिसकेकाे छ ।



प्रतिक्रिया दिनुहोस !