८ मंसिर २०८१, शनिबार

कैलालीमा १५ वर्षीय किशोरीको सामुहिक बलत्कार

प्रकाशित मिति :  9 September, 2022 4:59 pm


काठमाडौं । कैलालीको घोडाघोडीमा एक १५ वर्षीय किशोरीमाथी सामुहिक बलत्कार भएको छ । घोडाघडी–१ सुखडमा गौरा पर्वको अवसरमा देउडा हेर्न गएकी किशोरीलाई ४ जना युवकले बलत्कार गरेको प्रहरीले जनाएको छ ।

पीडित किशोरीले प्रहरीलाई दिएको बयान अनुसार एक किशोरले सानो काम छ भनेर लिएर गएको र त्यहाँ किशोरीलाई केही खुवाएर २१ गते राति सामूहिक बलात्कार गरेका हुन् ।

किशोरीलाई सँगै लिएर गएका युवकले किशोरीलाई जबरजस्ती मादक पदार्थ सेवन गराएको अन्य साथीलाई बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारपछि बेहोस किशोरी २२ गते दिउँसो होसमा आइन् । उनी त्यसपछि साथीको घरमा गइन् । २३ गते घर गएकी किशोरी घर पुगिसकेपछि पनि आफू बलात्कारको सिकार भएको कुरा अभिभावकलाई भन्न सकिनन् । २३ गते फेरी सुखड बजारमा अर्ध चेत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बेवारिसे अवस्थामा एक किशोरी केही समस्या रहेको जस्तो अवस्थामा प्रहरीले जानकारी पाएपछि उनलाई घोडाघोडी अस्पतालमा उपचार सुरु गरियो । राति २ बजे उनी होसमा आइन् । त्यसपछि ४ बजे प्रहरीले पीडित किशोरीको बयान लिँदा उनि बलात्कृत भएको खुल्यो ।

‘किशोरीको बयानको आधारमा तुरुन्त खोजी गरेको प्रहरीले ३ जनालाई पक्राउ गरिसकेको छ भने एक जना फरार रहेकोले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले पीडित किशोरीलाई स्वास्थ्य परीक्षणको लागि धनगढी पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस !