४ आश्विन २०८१, शुक्रबार

बुटबल ११ दुर्गानगरका ३ जना बालक शुक्रबारदेखि वेपत्ता

प्रकाशित मिति :  11 September, 2022 7:53 am


बुटवल । बुटवल ११ दुर्गानगर बसोबार गर्ने ३ जना बालक शुक्रबारदेखि वेपत्ता भएका छन् । उनीहरूको खोजि गरिदिन अभिभावकहरूले आग्रह गरेका छन्।

बुटवल उपमहानगरपालिका वडा नम्बर ९ देवीनगरको नविन औद्योगिक माध्यमिक विद्यालयको कक्षा ९ मा पढ्ने २ जना र नहरपुर माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने १ जना विद्यार्थी शुक्रबारदेखि सम्पर्कविहीन छन्।

बुटवल उपमहानगर ११ दुर्गानगरका १४ वर्षीय सागर पौडेल, १५ बर्षीय प्रदीप पन्थी र १६ बर्षीय समिर लम्साल शुक्रबार घरबाट विद्यालय हिँडेका थिए । विद्यालय हिँडेका उनीहरु विद्यालयमा हाजिर नभएको र घरमा पनि नआएको परिवार स्रोतले बताएको छ ।

विद्यार्थी सागर पौडेलका मामा राजु पन्थी र सागर पौडेलका बुबा कृष्णा पौडेलले विद्यालय गएका उनीहरू सम्पर्कविहीन रहेकोले खोजि गर्न आग्रह गरेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले परिवारको निवेदन अनुसार हराइरहेका विद्यार्थीको खोजि जारी रहेको बताए।



प्रतिक्रिया दिनुहोस !