८ मंसिर २०८१, शनिबार

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

प्रकाशित मिति :  11 September, 2022 1:33 pm


काठमाडौं । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा रहेको छ । बैंकका संस्थापक महेश सिंह र ललितबहादुर केसीले आइतबार भदौ २६ गतेदेखि आफ्नो नाममा रहेको १८ हजार ९३२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् ।

बैंकका संस्थापक सिंहले १७ हजार ९३२ र ललित बहादुर केसीले १ हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । सेयरको भाउ भने बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । साथै विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आइतबारबाट ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । उक्त समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !