४ आश्विन २०८१, शुक्रबार

सिराहाका ११० भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण

प्रकाशित मिति :  12 September, 2022 10:12 am


काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्बासी परिवारलाई आइतबार जग्गाधनी प्रमाण पुर्जा (लालपूर्जा‘) वितरण गरिएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिराहाले धनगढीमाई नगरपालिका वडा नम्बर १३ मा आयोजना गरेको लालपूर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ११० भूमिहीन सुकुम्वासी घरपरिवारलाई लालपूर्जा वितरण गरेकी हुन् ।

मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म ५० हजार बढी भूमिहीनहरूलाई लालपूर्जा वितरण गरिसकेकी छिन्। जसमा गाउँ ब्लक, पुनः नापी र विशेष नापीबाट ४९ हजार भन्दा बढी र राष्ट्रिय भूमि आयोग मार्फत करिब एक हजार घर परिवारलाई लालपूर्जा वितरण गरिएको छ।

मन्त्री श्रेष्ठले अहिलेको सरकार र मन्त्रालयले तल्ला तहका नागरिकलाई रोजगारी सिर्जना गर्ने, सम्मानपूर्वक जीवनयापन गर्ने र नागरिकको जीवनस्तर कसरी उकास्ने भन्नेतर्फ ध्यान केन्द्रित रहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !