४ आश्विन २०८१, शुक्रबार

डा. गोविन्द केसी आजदेखि धनगढीमा अनशन बस्दै

प्रकाशित मिति :  12 September, 2022 1:07 pm


फाईल फोटो

काठमाडौं । डा. गोविन्द केसीले आजदेखि विभिन्न मागसहित अनसन बस्ने भएका छन् । आमरण अनशन बस्नका लागि उनी धनगढीतिर हिँडेका छन् ।

उनले सरकारलाई ६ बुँदे माग राख्दै आजसम्मको समयसीमा दिएका थिए । सरकारले माग पुरा नगरेको भन्दै उनी २० औं अनशन बस्नका लागि धनगढी हिडेँका हुन ।

उनले आज बेलुका ५ बजदेखि अनशन शुरु गर्नेछन् । डा .केसीले सरकारलाई सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्ने लगायत माग राखेका छन् ।



प्रतिक्रिया दिनुहोस !