८ मंसिर २०८१, शनिबार

मिटरव्याज पीडितको आन्दोलमा प्रहरीको लाठीचार्ज

प्रकाशित मिति :  12 September, 2022 1:39 pm


काठमाडौं । मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले लाठीचार्ज गरेको छ । मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रर्दशन गर्न लागेका पीडितलाई प्रहरीले कीर्तिपूरमै हस्तक्षेप गरेको हो ।

झण्डै २ महिनादेखि तराईका विभिन्न स्थानदेखि आएर मिटरब्याजपीडितहरू अस्थायी बसोबासस्थल बनाएर न्याय मागिरहेका छन् ।

उनीहरूले र्‍यालीसहित माइतघर मण्डलमा पुगेर प्रदर्शन गर्ने तयारी गरेपनि प्रहरीले उनीहरुलाई कीर्तिपुरबाटै प्रहरीले लाठीचार्ज गरेर पक्राउ गरेको छ ।

प्रदर्शनमा सहभागी ५०(६० जना सबैलाई प्रहरीले पक्रेको छ भने केही प्रदर्शनकारी घाइते समेत भएका छन् ।



प्रतिक्रिया दिनुहोस !