२० असार २०८१, बुधबार

स्वास्थ्य सामाग्री बोकेर उडेको नेपाली सेनाको स्काइट्रक आकस्मिक अवतरण

प्रकाशित मिति :  30 March, 2020 12:05 pm


फोटोः लोकेन्द्र केसीको फेसबुकबाट

काठमाण्डौं, १७ चैत ।

स्वास्थ्य सामाग्री बोकेर कर्णाली प्रदेश र प्रदेश १ का लागि उडेको नेपाली सेनाको स्काइट्रक आकस्मिक अवतरण भएको छ ।

स्काईट्रकमा अध्यधिक गन्ध आएपछि आकस्मिक अवतरण गराइएको नेपाली सेनाले जनाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री लिएर आज विहान सेनाको स्काइट्रक उ डेको थिए तर एक्कासी गन्ध फैलिएपछि काठमाण्डौं नै फर्किएको नेपाली सेनाले जनाएको छ ।

स्काइट्रकभित्र सेनिटाइजरको लिक भएर गन्ध फैलिएको हुनसक्ने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । लिक भएको सामान जाँच गरेर पुनः पठाउने तयारी भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस !