२० असार २०८१, बुधबार

कोरोना परीक्षण प्रयोगशालाका लागि सातै प्रदेशमा विज्ञ खटिए, प्रदेश- ५ को भैरहवामा

प्रकाशित मिति :  30 March, 2020 12:47 pm


काठमाण्डौं, १७ चैत ।

कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि सरकारले सातै प्रदेशमा प्रयोगशाला विज्ञ खटाएको छ ।

प्रदेशस्तरीय प्रयोगशाला सञ्चालन गर्नेगरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणका लागि सातै प्रदेशमा प्रयोगशाला स्थापनासहित आवश्यक विज्ञ तोकेको हो ।

सरकारको योजना अनुसार प्रदेश १ मा वि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला सञ्चालनमा आईसकेको छ । प्रतिष्ठानको प्रयोशालबाट एक दिनमा १२ जनासम्मको नमुना परिक्षण गर्न सकिने छ ।

प्रदेश ५ को भैरहवामा प्रयोगशाला सञ्चालनको तयारी सुरु भएको छ । प्रयोगशालाका लागि विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज कार्कीलाई विज्ञका रुपमा जिम्मेवारी तोकेको छ । सरकारले प्रदेश नं ५ को भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको परिसरमा प्रयोगशाला निर्माणका लागि तयारी गरेको छ ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य विभाग प्रमुख डा. उमाशंकर चौधरीले भैरहवाको गहुँबाली अनुसन्धान केन्द्रको भवनमा आवश्यक काम शुरु भइसकेको जानकारी दिए । उनले भने,‘प्रयोगशालाका लागि आवश्यक सरसफाइ, टायल बिछ्याइ र रङ्रोगनको काम भइरहेको छ । मेशिन आउनासाथ जडानको काम शुरु गछौं । ’

प्रदेश २ अन्तर्गत जनकपुरमा प्रयोगशाला सञ्चालनका लागि सुरेन्द्र मधुप, डा. निराजन भुषाल, विवेक तिमिल्सिेनालाई पठाईएको छ । बागमती प्रदेशको हैटौडामा प्रयोगशाला सञ्चालन गर्न विष्णु उपाध्याय, निर्मल आचार्यलाई जिम्मा दिइएको छ । गण्डकी प्रदेश अन्तर्गत पोखराका लागि बलराम गौतम, श्रीराम बास्तोला र रोजी पाण्डेलाई तोकिएको छ ।

कर्णाली प्रदेशका लागि महेन्द्रप्रसाद भट्ट र रामकृष्ण श्रेष्ठ तथा सुदुर पश्चिम प्रदेशका लागि सुनिलप्रसाद लेखकलाई प्रयोगशाला विज्ञका रुपमा तोकिएको छ । .
हिलेसम्म कोरोनाको स्वाब परीक्षण काठमाडौँको टेकु अस्पतालमा मात्र हुँदै आएको थियो ।



प्रतिक्रिया दिनुहोस !