८ मंसिर २०८१, शनिबार

पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने सरकारको निर्णय

प्रकाशित मिति :  12 September, 2022 5:33 pm


काठमाडौं । सरकारले बाढीको चपेटामा परेको पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको छ । आइतबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने निर्णय भएको जनाएको छ ।

बाढीबाट प्रभावितहरुको लागि नेपाल सरकारको तर्फबाट सहायतास्वरुप पाकिस्तान सरकारलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्रीहरु प्रदान गर्ने नेपाल सरकार मन्त्रिपरिषद् बाट मिति २०७९र०५र२१ गते निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सरकारले पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षतिप्रति दुःखसमेत व्यक्र गरेको छ । सरकारले उक्त विपद्मा परी मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !