सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा कार्यक्रम अन्र्तगत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकले कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका ३ करोड रुपैयाँ सम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्र्तगत हुनेछ । यस सम्झौता पश्चात कृषि कर्जा प्रवाहको जोखिम थप न्युनिकरण भई कर्जा प्रवाहमा वृद्धि हुने बैंकले अपेक्षा गरेको छ ।
उक्त सम्झौतापत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र बैंकको तर्फबाट उप–महाप्रवन्धक अनुपमा श्रेष्ठ मानन्धले हस्ताक्षर गरेका थिए ।
त्यस्तै सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।