८ मंसिर २०८१, शनिबार

एउटै क्षेत्रमा दोहोरो तेहोरो दाबी परेको छ : संचारमन्त्री

प्रकाशित मिति :  12 September, 2022 5:51 pm


काठमाडौं । सत्ता गठबन्धनका शीर्षनेताको सीट बाँडफाँड अझै टुंगिन सकेको छैन ।

सोमबार १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक आज पनि बिना निष्र्कष टुंगिएको संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

‘आजको बैठक निर्णयको नजिक पुगेको भएपनि पुरा सहमति जुट्न सकेन’ कार्कीले भने ‘एउटै क्षेत्रमा दोहोरो तेहोरो दाबी परेको छ त्यसलाई समाधान गर्न दुईपक्षीय, त्रिपक्षीय वार्ता भइरहेको छ ।’

दलहरूले आ–आफ्नो अडान राखेको र त्यसलाई विश्लेषण गर्ने काम भइरहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !