४ आश्विन २०८१, शुक्रबार

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

प्रकाशित मिति :  13 September, 2022 11:19 am


काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ ।

नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा भवनमा आज बिहान तिमिल्सिना र चान्सुबीच भेटवार्ता भएको हो ।उनीहरूबीच संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार नेपाल आएका ली चान्सुले सोही सोमबारनै सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए ।

चार दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका लीले आज नै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेटवार्ता गर्नेछन् । त्यस्तै बुधबार बिहान एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि संसद् भवनमा बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।​



प्रतिक्रिया दिनुहोस !