४ आश्विन २०८१, शुक्रबार

प्रचण्ड र चिनियाँ नेता ली चान्शुबीच भेटवार्ता

प्रकाशित मिति :  13 September, 2022 12:15 pm


काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।

बानेश्वरस्थित संघीय संसद भवनमा भएको भेटमा दुईपक्षीय हित र समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटमा माओवादी नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायत सहभागी भएका थिए ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार नेपाल आएका ली चान्सुले सोही सोमबारनै सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए ।

चार दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका लीले आज नै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेटवार्ता गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !