२.२७ खर्ब रुपैयाँ भन्दा बढि वैदेशिक लगानी भित्रियो, सबैभन्दा धेरै भारतबाट
काठमाडौं । नेपालमा २०७८ असार मसान्तसम्ममा ५५ देशबाट प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । मंगलबार नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणको प्रतिवेदन अनुसार सबैभन्दा बढी भारतबाट ७५ अर्ब ८१ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
राष्ट बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आवमा क्रमश भारतबाट ७५ अर्ब ८१ करोड, चीनबाट ३३ अर्ब, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड, सिङ्गापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड रुपैयाँ भित्रिएको छ ।
सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा नेपलामा २ खर्ब २७ अर्ब ९५ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएकोे छ । कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत्क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको छ ।
समीक्षा वर्षमा वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको पाइएको छ भने नाफाको दर करिब १४.७ प्रतिशत रहेको पाइएको छ ।
नेपालमा आर्थिक वर्ष २०७७÷७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भई २ खर्ब २७ अर्ब ९५ करोड कायम रहेको छ ।
कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको हो ।
आर्थिक वर्ष २०७७÷७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १९७ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७÷७८’ तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।