८ मंसिर २०८१, शनिबार

जलवायु परिवर्तन व्यवस्थापन परिषदको विज्ञ सदस्यमा रेग्मी

प्रकाशित मिति :  13 September, 2022 3:38 pm


काठमाडौं । सरकारले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषदलाई पूर्णता दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले परिषदको विज्ञ सदस्यमा डा.बिमल रेग्मीलाई नियुक्त गरेका हुन्।

वातावरण संरक्षण ऐन २०७६ को दफा ३२ मा राष्ट्रिय परिषद गठन गर्ने व्यवस्था रहेको छ । परिषदको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ ।

जलवायु परिवर्तन तथा अनकुलनमा विद्यावारिधि गरेका रेग्मीले दुई दशक भन्दा बढी समय जलवायु परिवर्तन, जैविक विविधतामा काम गर्दै आएका थिए । उनले अक्सफोर्ड पोलिसि म्यानेजमेन्ट नेपाल मार्फत सरकारलाई जलवायु परिवर्तन तथा अनुकुलनका नीतिगत सुधारमा काम गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !