नेप्सेमा २१ अंकको वृद्धि, कारोबार रकममा नबिल बैंकको अग्रता
काठमाडौं । लगातार ओरालो लागेको सेयर बजार साताको कारोबारको तेस्रो दिन भने दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २१ अंकले बढेपनि कारोबार रकम भने १ अर्ब पनि पुग्न सकेन ।
पाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २१.३० अंकले बढेर १९३४.०४ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ३.८३ अंकले बढेर ३७६.१७ अंकमा पुगेको छ ।
मंगलबार नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ ।
आइतबार कारोबार रकमका आधारमा नबिल बैंक लिमिटेडको अग्रस्थानमा रहेको छ । बैंकको ५ करोड ९४ लाख ८९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज बोटलर्स नेपाल –बालाजुका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै आजको दिन ८.५% नेपाल बैंक डिबेञ्चर २०८७ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य ९.५९ प्रतिशतले घटेर ९ सय २२ रूपैयाँ २० पैसामा झरेको छ ।
कूल २३१ वटा कम्पनीको ३१ लाख ४६ हजार ९ सय ९६ कित्ता सेयर किनबेच हुँदा ९२ करोड २५ लाख ७४ हजार ४ सय १० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।