४ आश्विन २०८१, शुक्रबार

सजिलो सेवाले ल्यायो नयाँ ‘सजिलो सेवा एप’

प्रकाशित मिति :  13 September, 2022 5:04 pm


काठमाडौं । सजिलो सेवाले नयाँ ‘सजिलो सेवा एप’ सञ्चालनमा ल्याएको छ । कम्पनीले यस एप मार्फत आफ्नो सेवाको दायरालाई अझै फराकिलो बनाउँदै होम रिपेयर, होम सैलुन, इभेन्ट म्यानेजमेन्ट, मेडिकल टेस्ट एट होम, गार्डेनिङ, ड्राइभर, क्लिनिङ तथा पेस्ट कन्ट्रोल लगायत ५० भन्दा बढी सेवाहरु प्रदान गर्ने छ ।

कम्पनीका अनुसार यस एप अन्तर्गत सहजै सेवा बुकिङ गर्न सकिने, सेवाहरुको मूल्य पारदर्शी रूपले एपमा देख्न सकिने, सेवा बुकिङ गर्नु अगावै आफूलाई चाहिएको सेवाको इस्टिमेट सहजै तुरुन्त प्राप्त गर्न सकिने छ । आफ्नो अर्डरको स्थिति लाइभ अपडेट लिन मिल्ने, ३० दिनको सर्भिस वारेन्टी, विभिन्न अनलाइन पेमेन्टको विकल्प रहेको र एप मार्फत विभिन्न डिस्काउन्ट तथा क्यासब्याकहरु पाइने लगायतका विशेषताहरु छन् ।

कम्पनीका अनुसार १७ भदौदेखि ७ कात्तिक २०७९ सम्म लागू हुने यस योजनामा ग्राहकहरुका लागि निकै लोभलाग्दो अफरहरु रहेका कम्पनीले जनाएको छ ।

एप डाउनलोड र साइनअप गरेका मध्ये १ जना भाग्यशाली विजेताले आईफोन ११ जित्न सक्नेछन् भने प्रोमोकोड सजिलो एप प्रयोग गरेर आफ्नो पहिलो अर्डरमा ५० प्रतिशत छुट पाइने छ । यस्तै एनआईसी एसिया कार्ड र क्यूआर, इसेवा र खल्तीबाट भुक्तानी गर्दा ३०० रुपैयाँसम्म क्यासब्याक पाउने छन् ।

ग्राहकका लागि मात्र नभई सेवा प्रदायकहरुका लागि पनि सजिलो एक्पर्ट नामक एप दुवै आईओएस तथा तथा एन्ड्रोइडमा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

सजिलो एक्सपर्ट ठूलो बजारमा आफ्नो सेवा सहजै उपलब्ध गर्न सक्ने एउटा सजिलो प्ल्याटफर्म भएको कम्पनीको भनाइ छ । यसैगरी सेवाको उचित मूल्य प्राप्त गर्न सकिने र आफू अनुकूल काम गर्न पाइने सजिलो एक्सपर्टको विशेषता रहेको कम्पनीको भनाइ छ ।

‘सजिलो सेवा’ नेपालको सबैभन्दा ठूलो सेवाको बजार बन्ने लक्ष्यको नजिक पुग्ने एउटा मुख्य कोसे ढंगा सावित हुने कम्पनीको भनाइ छ । कम्पनीले १०० भन्दा धेरै सेवालाई यस एपमा थप्दै जाने र आफ्नो सेवालाई छिटै नेपालभर विस्तार गर्ने लक्ष्य रहेको छ ।

नेपाली बजारमा दैनिक ५ हजार भन्दा धेरै रोजगारीको अवसर सृजना गरेर नेपाली युवा जनशक्तिलाई सीप र रोजगारीको माध्यममार्फत सशक्तीकरण गर्ने कम्पनीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !