१२ मंसिर २०८१, बुधबार

१ करोड धनराशिको ‘भवन कीर्ति रत्न पुरस्कार’ महाविर पुनलाई प्रदान

प्रकाशित मिति :  13 September, 2022 6:13 pm


काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ।

मंगलबार महावीर पुन नेतृत्वको आविश्कार केन्द्रलाई गैर आवसीय नेपाली संघ (एनआरएन) र बीबी फाउण्डेसनको संयुक्त पहलमा १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा पुरस्कार ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले आविष्कार केन्द्रलाई माथिल्लो स्तरमा पुर्‍याउन आवश्यक रहेको बताए ।

आविष्कार केन्द्र एउटा मात्र होइन धेरै भन्दा धेरै आविष्कार केन्द्र खोल्नुपर्छ पुनले भने आविष्कार केन्द्रहरु खोलेर देशको अर्थतन्त्र सुधार्न सके देशलाई कसैले पनि हेप्न सक्दैन, देशमा नयाँ प्रविधिको विकास भएको खण्डमा नेपालीहरु रोजगारीको लागि बाध्य भएर विदेश जानु पर्ने अवस्था आउने थिएन।

अध्यक्ष पुनले हाईवे, एयरपोर्ट र विश्वविद्यालय मात्रै खोलेर देशको अर्थतन्त्र सुधार हुन नसक्ने जिकिर गरे। उनले अर्थतन्त्र बिग्रिएको खण्डमा सबै क्षेत्रमा तहसनहसको अवस्था बन्ने बताए।

पुनलाई शिक्षा मन्त्री देवेन्द्र पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष, गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं बिबी फाउण्डेशनका अध्यक्ष भवन भट्ट, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, स्वामी आनन्द अरूणलगायतले ‘भवन कीर्ति रत्न’ पुरस्कार हस्तान्तरण गरे।

बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १० औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका थिए।



प्रतिक्रिया दिनुहोस !