१२ मंसिर २०८१, बुधबार

नेप्सेमा ४७ अंकको उछाल, बढ्यो कारोबार रकम पनि

प्रकाशित मिति :  14 September, 2022 4:24 pm


काठमाडौं । धेरै समयपछि सेयरबजारमा उछाल आएको छ । बुधबार नेप्से परिसूचक ४७ अंकले बढ्दा कारोबार रकम पनि झण्डै डेढ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४७.४४ अंकले बढेर १९८१.४८ अंकमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि ९.१९ अंकले बढेर ३८५.३६ अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेको छ ।

बुधबार कारोबार रकमका आधारमा नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोड ५१ लाख ६९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । बैंकको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन एनआईसी एशिया फ्लेक्सी कयाप फण्डको मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कूल २२७ वटा कम्पनीको ४६ लाख १८ हजार ५ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४५ करोड ३८ लाख २४ हजार ६ सय ५० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !