२० पुस २०८१, शनिबार

देशभर वर्षा , यी प्रदेशमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  15 September, 2022 7:26 am


काठमाठौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी , गण्डकी प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ।

त्यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।देशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १,मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ।

लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १,मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित भारी वर्षाको पनि संभावना रहेकाले पहाडी तथा भिरालो जमिनमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !