९ मंसिर २०८१, आइतबार

असोज १ गतेदेखि काठमाडौं महानगरका सार्वजनिक स्थानमा धुम्रपान निषेध

प्रकाशित मिति :  15 September, 2022 8:42 am


काठमाडौं । काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि काठमाडौं महानगरका सार्वजनिक क्षेत्रभित्र धुम्रपान निषेध गरेको छ ।

महानगरपालिकाले आज एक सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ ।

सार्वजनिक स्थललाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र गराउने कार्यका लागि गरिने नियमन तथा नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गर्न महानगरले सबैमा अनुरोध छ ।

कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाण्डौ महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिबाना गरिने सूचनामा उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !