९ मंसिर २०८१, आइतबार

भीरकोट जेसिजको आयोजनामा एक दिने स्वास्थ्य शिविर संचालन हुने

प्रकाशित मिति :  15 September, 2022 1:23 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा भीरकोट जेसिजको आयोजनामा एक दिने स्वास्थ्य शिविर संचालन हुने भएको छ। संविधान दिवसको अवसरमा पारेर असोज ३ गते स्वास्थ्य शिविरको आयोजना गरिएको कार्यक्रमका संयोजक रुद्र ढुङ्गनाले बताए ।

भीरकोट नगरपालिका र चरक मेमोरियल हस्पिटल पोखराको संयुक्त सहयोगमा स्वास्थ्य शिविर संचालन हुनेछ। बालज्योति इङ्लिस बोर्डिङ स्कूल (प्राङ्गण) बयरघारीमा असोज ३ गते सोमबार बिहान १० बजे देखि साँझ ५ बजे सम्म शिविर संचालन हुने ढुङ्गनाले जानकारी दिए ।

मुटु, पेट, ग्यास्ट्रिक तथा छाती सम्बन्धी जाँच तथा परामर्श, हाडजोर्नी तथा नसा सम्बन्धी विशेषज्ञ जाँच तथा परामर्श , महिला तथा स्त्री सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श, भिडियो एक्स-रे, इ.सि.जि., सुगर तथा अन्य जाँचहरु, रुघा, खोकी, ज्वरो, घाँटी सम्बन्धी जाँच तथा परामर्श, दन्त रोग सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श, बालरोग सम्बन्धी विशेषज्ञ जाँच तथा परामर्श लगायतका सेवाहरू उपलब्ध हुने भीरकोट जेसिजले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !