काठमाडौं महानगरद्वारा डेङ्गु सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु
प्रकाशित मिति : 16 September, 2022 9:13 am
काठमाडौं । काठमाडौं महानगरपालिकाले डेङ्गु सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत डेङ्गु भएको शङ्का लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताएका छन् ।
सङ्क्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर निस्शुल्क एम्बुलेन्स सेवा समेत लिन सक्ने उनले जानकारी दिएका छन् । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर डेङ्गुको सङ्क्रमण तीव्ररुपमा फैलिएको छ ।