२ माघ २०८१, बुधबार

बाबुरामलाई बालेनको जवाफ – ‘हजुरले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि’

प्रकाशित मिति :  16 September, 2022 10:48 am


काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराइले स्वरोजगार श्रमिकको व्यवसायलाई निश्चित ठाँउ तोकेर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शालेन शाहलाई सुझाब दिएपछि मेयर बालेन शाहले त्यसको जवाफ फर्काएका छन् ।

उनले बाबुराम भट्टराईले सेयर गरेको पोष्टमा जवाफ पर्काएउदै भनेका छन् , यो कुरा त हजुरले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि ।’

भट्टराईले आज बिहान सामाजिक संजाल मार्फत स्वरोजगार श्रमिकको व्यवसायलाई निश्चित ठाँउ तोकेर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शालेन शाहलाई सुझाब दिएका थिए ।

भट्टराईले लेखेका थिए – ‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहका पहल प्रशंसनीय छन्,’ उनले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन्। अतः निश्चित ठाउँरसमय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ।’



प्रतिक्रिया दिनुहोस !