६ आश्विन २०८१, आइतबार

सरोकारवाला भन्छन्,‘पुष्प खेती पर्वद्धन गर्न सरकारले तादरुकता देखाएन’

प्रकाशित मिति :  16 September, 2022 5:08 pm


दुईवर्षको कोभिड महामारीले पुष्प खेतीमा रमाएका किसान र साना व्यवसायीले ठूलो नोक्सानी मात्र झल्नु परेन, कति किसान र व्यवसायी यस क्षेत्रबाट विस्थापित नै भए । तिनै पुष्प खेती गर्ने किसान र व्यवसायिको छाता संगठन फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले ३० औँ साधारणसभा मनाएको छ ।
काठमाडौं । सरकारले पुष्प खेती र व्यावसाय फष्टाउन उत्पादन प्रोत्साहन र आयात निरुत्साहन गर्ने नीति लिएपनि व्यवहारमा उक्त नारा नदेखिएको भन्दै सरोकारवालाहरुले गुनासो गरेका छन् । साधारण सभामा बोल्दै अध्यक्ष मीनबहादुर तामाङले सरकारले पुष्प व्यवसायलाई आफ्नो प्राथमिकताको क्षेत्रमा नराखेको भन्दै गुनासो गरेका छन्। कोरोनाको समयमा कृषिमा सबैभन्दा धेरै क्षति पुष्प व्यवसायमा भए पनि पुष्प व्यवसायी किसानहरूले राहत नपाएको तामाङले बताए ।

पुष्प क्षेत्रको समस्या सम्बोधनका लागि संघिय स्तरमा एउटा ‘पुष्प विकास केन्द्र’ खोल्न पनि उनले माग गरे । सरकारी निकायको साथ नभइ निजी क्षेत्र अघि बढ्न नसक्ने उनको भनाइ छ ।

‘सङ्घीय निकायमा पुष्प क्षेत्र हेर्ने निकाय नहुँदा हामीलाई एकदमै समस्या परेको छ’ अध्यक्ष तामाङले भने,‘७५३ वटै स्थानीय तहमा काम गर्न हामीलाई एकदमै समस्या भएको छ, कृषि मन्त्रालय माताहातमा रहने गरी एउटा पुष्प विकास केन्द्र खोलौँ ।’

यता कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा. राजेन्द्र प्रसाद मिश्रले पुष्प क्षेत्र विकासका लागि मन्त्रालयको पूर्ण सहयोग रहने बताएका छन् । कार्यक्रममा बोल्दै पछिल्लो समय सरकारले पनि पुष्प क्षेत्रमा लगानी गर्न थालेको बताउँदै उनले पुष्प क्षेत्र विकासका लागि मन्त्रालयले सहयोग गर्ने बताएका छन् ।

उद्योग वाणिज्य महासंघका कोषाध्याक्ष सकुन्तलाल निराजनले कोभिडले थला परेकोले यो क्षेत्र माथि उठाउन आवश्यक रहेको बताए। आयात घटाइ निर्यातको बाटोमा हिड्नुपर्छ। ‘कोभिडमा धरायसी भएका बावजुत साथीहरूले धेरै कामहरू गर्नुभएछ, वार्षिक प्रतिवेदन राम्रो रहेछ,’ निराजनले भने, ‘उद्योग वाणिज्य महासंघले ४ करोड फिक्स डिपोजिटमा राखेर आफ्ना भात्री संगठनलाई समस्या पर्दा सहयोग गर्ने नीति अगाडि बढाएका छौँ।’ इजराइलले मरूभुमीमा फूल खेती गरेर युरोपमा निर्यात गरेको बताउदै प्रविधी प्रयोग र मेहनतले अचुक सम्भावना रहेकाले यसको विकासमा सरकारको भुमिका निभाउनुपर्ने उनले बताए ।

कृषि विभागकी उपमहानिर्देशक शान्ता कार्कीले फलफूल विकास केन्द्रले पुष्प क्षेत्रलाई सम्वोधन गर्ने बताइन् । पुष्प नीति पुर्नलेखन गर्नुभएको छ भने ल्याउनुस सहकार्यका लागि आग्रह गरेकी छन् । आयात प्रतिस्थापन र निर्यात पर्वद्धन गर्न स्ट्रोङ तथ्याकं र सुचनासहित मन्त्रालय गए विस्तारै काम अगाडी बढ्छ,’ उनले भनिन, ‘हामी कुन कुन महिना पूर्ण आत्मनिर्भर छौ भन्ने ठिक तथ्यांक सहित जानुपर्छ, सरकारले स्वदेशी किसानलाई प्रोत्साहन गर्नेछ।’

उद्योग वाणिज्य महासंघका वस्तुगतका अध्यक्ष अञ्जन श्रेष्ठले जन्मदेखि अन्तिक संस्कार र सबै धर्ममा प्रयोग हुने फूल व्यवासयी कोरोनामा थप पिडित भएपनि सरकारले हातेमालाे गरेर सहयाेग नगरेकाे अाराेप लगाए । ‘समयले पनि हामीलाई साथ नदिएको हो कि भन्ने लाग्छ। भुकप्प, नाकाबन्दी, कोरोना, आर्थिक मन्दीले व्यवसायी हरेक समय पिडादायी अवस्थाकाे सामान गर्नुपर्यो,’ श्रेष्ठले भने, ‘यस्तो अवस्थामा पनि राष्ट्र बैंकले संकुचित बनाउदै लगेको छ। आयात प्रतिबन्दले बजार चलायमान छैन, ठप्प बजारमा पैसा कसैसँग छैन्। निर्माण, खाध्यको व्यापार ५० प्रतिशतले घटेको छ।’

भारतीय फूल आयातमा सावधानी अपनाउनुपर्ने उनकाे भनाइ छ । ‘मैले उत्पादन गर्ने चकलेट निर्यात गर्न कति दुख दिन्छन्, हामीले हाम्राे उत्पादन हुने वस्तुमा डाइरेक्ट र ननडाइरेक्ट व्यारियर लगाउनु पर्छ,’ श्रेष्ठले भने ।



प्रतिक्रिया दिनुहोस !