९ मंसिर २०८१, आइतबार

डाक्टर केसीका मागबारे वार्ता गर्न टोली गठन, अनसन तोडेर वार्तामा आउन आग्रह

प्रकाशित मिति :  17 September, 2022 9:32 am


काठमाडौं । सरकारले चिकित्सक डाक्टर गोविन्द केसीले पछिल्लो समयमा उठाएका माग र उनको अनसनका सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता महेन्द्र पन्थले शुक्रबार विज्ञप्ति जारी गरी सो कार्यालयका सचिवको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि रहेको टोली गठन गरिएको जानकारी दिएका हुन्।

विज्ञप्तिमा अनसन तोडेर वार्तामा आउन डाक्टर केसीलाई आग्रह गरिएको छ।



प्रतिक्रिया दिनुहोस !