४ आश्विन २०८१, शुक्रबार

पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध

प्रकाशित मिति :  17 September, 2022 3:06 pm


कैलाली । तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ । वर्षाले कैलालीको खानीडाँडादेखि डडेल्धुराको भात्काडासम्म राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अहिले डोजर प्रयोग गरेर कैलालीको सहजपुर क्षेत्रसम्मको पहिरो हटाइ सकिएको छ । अन्य स्थानमा पनि पहिरो हटाउने काम जारी रहेको र पहिरो हटाउँदै सवारी साधन गन्तव्यतिर पठाउने काम भइरहेकोे छ ।

कैलालीको खानीडाँडामा आएको पहिरो हटाएर सहजपुरसम्म यातायात चालु गरिएको र उता डडेल्धुरा क्षेत्रबाट पनि पहिरो हटाउने काम जारी रहेको उक्त कार्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस !