चोलेन्द्र आज सर्वोच्च प्रवेश गर्ने, ठूलाे मात्रामा प्रहरी परिचालन
काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफू आजैबाट अदालत फर्कने बताएका छन्।
महाभियोग पुष्टि नभएको भन्दै सर्वोच्च अदालत हाजिर हुन आउने खवर प्रवाह भएसँगै अदालत परिसरमा सुरक्षा तैनाथी बढाइएको हो ।
प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरा सर्वोच्च अदालत फर्किन लागेका छन् ।
सर्वोच्च अदालतको गेटमा राणालाई अदातलत फर्किन नदिन सरकारले प्रहरी लगाएर रोक्ने प्रयास गरेको छ । सर्वोच्च परिसरमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ ।
गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु राणालाई रोक्न सर्वोच्च गेटमै धर्ना बसेका छन् । सरकारले राणालाई अदालत प्रवेश गर्न नदिने भएको छ ।
राणाविरुद्ध २०७८ फागुन १ गते महाभियोगको प्रस्ताव दर्ता भएको थियो। दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए।