जबरालाई सर्वोच्च छिर्न नदिने नेपालबार एसोसिएसनको निर्णय
प्रकाशित मिति : 18 September, 2022 11:12 am
काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणलाई नेपालबार एसोसिएसनले सर्वोच्च छिर्न नदिने भएको छ ।
आज बिहान बसेको नेपाल बार एसोसिएसनको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणलाई सर्वोच्च छिर्नबाट रोक लगाउने निर्णय गरेको हो ।
प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै उनी माथि लागको महाअभियोग प्रस्ताव निष्क्रिय भएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरा सर्वोच्च अदालत फर्किन लागेको स्रोतको भनाइ छ ।
यो खबर प्रवाह भएसँगै नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बसेको थियो। बैठकले जबरलाई भित्र छिर्न नदिन सर्वोच्च अदालतको गेटमा शान्तिपू्र्ण प्रर्दशन गर्ने घोषणा गरेको छ ।