आज संविधान दिवस
काठमाडौं । आज संविधान दिवस । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानले आज ८औं वर्षमा प्रवेश गरेको छ ।आज देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । संविधानसभाबाट ३, असोज २०७२ मा तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए ।
आज संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरी संविधान दिवस मनाइँदै छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।
समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक(सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ । संविधान दिवसका अवसरमा सरकारले आज मुलुकभर सार्वजनिक बिदा पनि दिएको छ ।