संघीयता, गणतन्त्र बचाउन लुम्बिनी प्रदेशबाट खबरदारी आवश्यक छ : मुख्यमन्त्री केसी
रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले संविधान प्राप्तीमा लुम्बिनी प्रदेश प्रमुख हकदार प्रदेश भएको बताएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ प्राप्त गर्न त्याग तपस्या र बलिदानबाट मात्रै प्राप्त भएको उल्लेख गर्दै मुख्यमन्त्री केसीले यसको प्रमुख हकदार लुम्बिनी प्रदेश भएको बताए ।
उनले भने,“संविधान प्राप्त गर्न, गणतन्त्र लिनका लागि बलिदान, त्याग, तपस्याबाट प्राप्त भएको हो, नेपालको सबैभन्दा बढी बलिदान, त्याग तपस्या गरेको प्रदेश भएकोले हामी गणतन्त्र र संविधान प्राप्तीको प्रमुख हक दावी हौँ, यो संविधानको रक्षा पनि हाम्रै भूमिका हुनेछ ।”
उनले संघीयता, गणतन्त्रलाई बचाउनका लागि लुम्बिनी प्रदेशबाट खबरदारी गर्न समेत अपिल गरे । मुख्यमन्त्री केसीले संविधानको कार्यन्वयन र रक्षाका लागि परिवर्तनकारी र गणतन्त्र पक्षधहरु नै एकीकृत र केन्द्रीकृत गर्नुपर्ने बताए । उनले नेपालको संविधानमाथि दिन प्रतिदिन खतरा भएको बताउँदै गणतन्त्र र संविधान विरोधीहरुले नेपालको २ पटक संविधान विघटन गरेको बताउँदै त्यस्ता प्रविृतिलाई राज्यले चिन्नुपर्ने उल्लेख गरे ।
लुम्बिनी प्रदेश सरकार आफ्नो कार्यकालमा नमूना कार्य गरेको बताउँदैँ त्यसका लागि सबै आगामी दिनमा पनि अग्रसर हुने र प्रदेशवासी जनताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।