संविधान दिवसमा संविधान जलाउन खोज्नेहरु प्रहरीको नियन्त्रणमा
प्रकाशित मिति : 19 September, 2022 3:39 pm
काठमाडौं । संविधान दिवसमा अवसरमा देशभर विभिन्न कार्यक्रम गरेर मनाइदैँ छ । सरकारले संविधान जारी भएको दिनलाई सम्मानस्वरूप सार्वजनिक बिदा समेत दिएको छ ।
संविधानको विरोधमा प्रदर्शन गर्नेहरुको एउटा समुहलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ ।
राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाका पाँच जना कार्यकर्तालाई माइतीघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । संविधानमा अन्तोष जनाउदैँ संविधान जलाउन खोज्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी र प्रदर्शनकारीबीच केहि समय धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।