अब कपाल काटेको २००, दाह्री काटेको १२० रुपैयाँ तिर्नुपर्ने
प्रकाशित मिति : 19 September, 2022 5:57 pm
काठमाडौं । नेपाल नाई संघले काठमाडौं उपत्यकामा सैलुनको शुल्कमा वृद्धि गरेको छ। संघले सूचना जारी गर्दै असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायम गरिएको जनाएको छ ।
संघका अनुसार अब कपाल काटेको २ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि कपाल काटेको एक सय ५० रुपैयाँ शुल्क तोकिएको थियो। यस्तै, दाह्री काटेको १२० देखि २०० रुपैयाँ निर्धारण गरिएको छ।
कपाल डिजाइन ३५० देखि ५०० रुपैयाँ, दाह्री डिजाइन १५० देखि २५०, टाउको मसाज गरेको २००, स्याम्पु गरेको १२० देखि १५०, कपाल कलर गरेको ५०० देखि ६५० रुपैयाँ, फेसियल गरेको एक हजारदेखि १२ सय रुपैयाँ तिर्नुपर्ने संघको सूचनामा उल्लेख छ।