२ माघ २०८१, बुधबार

प्रदेश राजधानी निर्माणको कार्य तिब्र पार्न मुख्यमन्त्री केसीको निर्देशन

प्रकाशित मिति :  20 September, 2022 4:47 pm


भालुवाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानी निर्माणलाई तिब्रता दिन निर्देशन दिएका छन् । उनले कार्य प्रगतिमा पूर्णता दिन राजधानी व्यवस्थापन सहयोग समिति र प्रदेश प्राधिकरणलाई निर्देशन दिएका हुन् ।

प्रदेश पूर्वाधार विकास प्राधिकरण आयोजनाका कार्यक्रम राप्ती उपत्यका (देउखुरी) दाङले आयोजना गरेको नदी सभ्यतामा आधारित व्यवस्थित सहर विकासका लागि जग्गा एकीकरण विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री केसीले प्रदेश राजधानी निर्माणलाई संवेदनशील रुपमा लिन आग्रह गरे ।

मुख्यमन्त्री केसीले भने,“हामीले नेपालका ७ वटा प्रदेशहरूमा नयाँ शहरमा राजधानी बनाउने बनाउँदैछौँ, गर्दा तपाईंहररू १४ वटाका वडा अध्यक्षहरूले पहल लिनका लागि निर्देशन छ । ”

मुख्यमन्त्री केसीले राजधानी निर्माणका लागि कार्यतालिका आम वडामा समिति गठन गरी तुरुन्त काम गर्ने बताउँदै जग्गा एकीकरण कुनै पार्टीको मात्रै नभई साझा विषय भएकाले काममा लाग्न अनुरोध गरे ।

लुम्बिनी प्रदेश सरकारको पहिलो गौरवको अयोजनालाई पूर्णता दिन सरकार लागि रहेको मुख्यमन्त्री केसीको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !