४ आश्विन २०८१, शुक्रबार

एनएमबी बैंकले प्लास्टिक रहित बजारको आयोजना गर्दै, स्वदेशी सीप र उत्पादनको प्रवर्द्धन गर्ने

प्रकाशित मिति :  21 September, 2022 11:59 am


काठमाडौं । एनएमबी बैंकले प्लास्टिकरहित बजारको आयोजना गर्ने भएको छ । दशैंलगायत चाडपर्वको अवसर पार्दै बैंकले स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन हुने गरी प्लाष्टिक रहित बजारको आयोजना गर्न लागेको हो ।

उक्त बजारमा ६० भन्दा बढी स्टलहरु राख्ने बैंकले जानकारी गराएको छ । एनएमबि बैंकले आफ्ना ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकहरुको उत्पादनलाई बजारमा प्रवद्र्घन गर्न सहज होस भन्ने उद्देश्यका साथ सम्पूर्ण आवश्यक सामग्रीहरु एकै स्थानमा उपलब्ध हुने गरी बजार आयोजना गर्न लागेको हो ।

बजारमा जुत्ता, लताकपडा, चिया, केक, ह्याण्डीक्राफ्ट, साबुन, सर्फ, झोला लगायत दैनिक जीवनमा आवश्यक सामान क्युआररपोस मार्फत सहूलियत मुल्यमा खरिद गर्न सकिने जानकारी गराइएको छ ।

एनएमबि बैंकले यही असोज ८ गते, शनिवारको दिन सानेपा स्थीत हेरिटेज गार्डेनमा बिहान ९ बजेदेखी बेलुका ५ बजे सम्म आयोजना गर्ने भएको हो ।



प्रतिक्रिया दिनुहोस !