विद्युत निर्यात घटाउने सरकारको योजना : कुलमान घिसिङ
काठमाडौं । नेपालले निर्यात गर्दै आएको विद्युत नेपालमै खपत गरेर विद्युतीय सवारीलाई प्रथामकिता दिन विद्युत प्राधिकरणले योजना बनाएको नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख कुलमान घिसिङले बताए ।
मंगलबार (आज) सुन्दर ट्रेडर्सद्धारा फियाडो ब्रान्डको आर्चर मोडलको विद्युतीय स्कुटर तथा विद्युतीय चार्जिङ मेसिनको संयुक्त लन्च कार्यक्रममा घिसिङले उक्त कुरा बताएका हुन् ।
घिसिङले यदि नेपालले विद्युतीय सवारी साधानलाई जोड दिदाँ अन्य राष्ट्रहरुसँग पेट्रोलियम पर्दाथको लागि हात फैलाउन नपर्ने बताए । उनले भने, “हामीले देशको अर्बै रुपैयाँ खर्च गरेर पेट्रोलियम पर्दाथ आयात गर्दा देशको अर्थतन्त्रमा ठूलो असर पारेको छ । त्यसैले चुलोचाैको देखि हामीले दैनिक प्रयोग गर्ने सामानहरु विद्युत मार्फत चल्ने बनाउन जरुरी रहेको छ । ’’
त्यस्तै सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले नेपालमा आफ्नो कम्पनीले पहिलो सार्वजनिक विद्युतीय गाडी संचालन गरेको बताए । उनका अनुसार नेपाल सरकार सार्वजनिक विद्युतीय गाडीप्रति नकारात्मक रहेको छ ।
थापाले भने, “नेपाल सरकारसँग अनुमति लिएर सुन्दर ट्रेडर्सले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ कालिकानगर, काठमाडौंको धुम्बराही, सीतापाईला र भक्तपुर लगायतका विभिन्र ठाउँमा चार्जिन स्टेसनको निर्माण गरेको छ ।’’ थापाले सरकारले यदि सहयोग गर्यो भने नेपालमा रहेका पुराना गाडीहरुलाई विद्युतमा एसेम्बल गर्न बताए ।