एनएमबि बैंक र सिप्रदि बीच सहकार्य,कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने
काठमाडौं । एनएमबि बैंकले विद्युतीय गाडीहरूमा न्यूनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदी ट्रेडिङसँग सहकार्य गरेको छ । उक्त सहकार्य बैंकिङ क्षेत्रमै एक उत्कृष्ट योजना अन्तर्गत रहेको बैंकले बताएको छ।
जसमा ८० प्रतिशत फाइनान्सिङसहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने जानकारी गराइएको छ।
वातावरणीय संरक्षणलाई सघाउ पु¥याउने कार्यलाई प्रवर्द्घन गर्न बैंकले यो समझदारी गरेकोे छ जसमा न्यून ब्याजदर, लचिलो समयावधि जस्ता विशेषताहरू समावेश गरिएको छ।
बैंकका अनुसार यस कर्जा योजना, व्यवसाय सँगसँगै वातावरणीय दायित्व पूरा गर्ने सचेत प्रयास हो। यो योजनाले नेपालकै विद्युतलाई सदूपयोग हुने लक्ष्य लिएको बताइएको छ।
यस योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकलाई कर्जा प्रदान गर्ने मात्र नभई वातावरणलाई दिगो बनाउन समेत टेवा पुग्ने बैंकको जारी विज्ञप्तिमा उल्लेख छ।